जन सरोकार

धनुषा र सिरहा जोड्न झोलुङ्गे पुल हेर्नेको घुइँचो

धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ ।

धनुषा र सिरहा जोड्न झोलुङ्गे पुल

करिब दुई साताअघि निर्माण भई सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका छन् । दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलले बताउनुभयो । नदी र बालुवा बाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उहाँको भनाइ थियो ।

मण्डलले भन्नुभयो, “पुल वरिपरि धमाधम पसल खुल्दैँछन् । यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बन्दै गएको छ ।” पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिनुभएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्मा प्रसाद यादवले जानकारी दिनुभयो ।

“जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो । तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुदैँन)”, जनकनन्दनी–६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भन्नुभयो । पहिले गाउँमा रु दुई हजारदेखि दुई हजार पाँचयसम्मको बिक्री हुनेमा अहिले बम हुँदै गएको उहाँले बताउनुभयो ।

गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताउनुभयो । यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ । सम्झौता मिति भन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ ।

टावरमा सोलार प्यानल जडान
पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ । पुलमा छ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिनुभएका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो ।

मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.