जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रे र पर्सामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काभ्रे, पाँचखाल नगरपालिका-८ पचास किलोस्थित सडकमा बा.प्र.०२-०३४ प ३३२१ नम्बरको मोटरसाइकल बा.३ ख ७२०४ नम्बरको गाडीमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-७ बस्ने २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्सा, वीरगंज महानगरपालिका-१७ तिलावे पुलस्थित सडकमा प्र.२-०३-०१८ प ८२०६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा चालक बिन्दवासिनी गाउँपालिका-३ झौवा बस्ने ३३ वर्षीय ललन साह कानुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.