क्रिकेटखेल

टी–२० विश्वकपमा यूएईको पहिलो जित, क्यानडा पाँच विकेटले पराजित

आईसीसी टी–२० विश्वकपमा यूएईले पहिलो जित निकालेको छ । शुक्रबार भएको दोस्रो खेलमा यूएईले क्यानडाविरुद्ध पाँच विकेटको जित निकालेको हो ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । क्यानडाका लागि हर्ष थाकेरले ४१ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय पारी खेले भने नवनीत धलिवालले २८ बलमा चार चौकासहित ३४ रन बनाए । त्यस्तै श्रेयान्स मोभ्वाले २१ रन जोड्दा दीलप्रित बाज्वाले ११ रन बनाए ।

यूएईका लागि जुनैद सिद्दिकीले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहको भागमा एक विकेट रह्यो । क्यानडाले दिएको १ सय ५१ रनको लक्ष्य यूएईले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

यूएईका लागि ओपनर आर्यन्स शर्माले ५३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने प्रसोहेब खानले २९ बलमा चार चौका र चार छक्कासहित ५१ रन बनाए । क्यानडाका लागि साद बिन जफरले तीन विकेट लिए पनि भने जसकरन सिंह र कलिम सानाको भागमा समान एक–एक विकेट रह्यो ।

जितसँगै यूएई दुई खेलमा दुई अंक जोड्दै समूह ‘डी’ को तेस्रो स्थानमा छ भने समान खेलमा अंकविहिन क्यानडा तालिकाको पुछारमा रहेको छ । यूएई पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने क्यानडा दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.