विश्व समाचार

फेब्रुअरी १६ मा रूसी आक्रमण हुनसक्ने युक्रेनी राष्ट्रपतिको सङ्केत

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ूहामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।“ उल्लेख गर्नुभएको छ । उहाँले युक्रेनले बुधबार एकता दिवस मनाउने बताउँनुभएको छ । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ूछिटो र गम्भीर लागतू लाग्ने बताउँनुभएको थियो । बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि “अब कुनै पनि दिन” आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.