जन सरोकार

भुटानी शरणार्थी शिविर आठ महिनाको नाबालकको हत्या

झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आठ महिनाको बालकको हत्या भएको छ । एकाघरमा बस्ने एकजना पुरुषले ती नाबालकको हत्या गरेका हुन् ।

घटना सोमबार साँझ दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी, ४ हट नं. ४३२ मा घटना भएको हो ।

२५ वर्षीया सुस्मिता बिश्वा बरालको छोरा आठ महिनाको एरित ओलीलाई सोही घरका पञ्चवीर घिसिङले पछारेको प्रारम्भिक बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछारेपछि गम्भीर घाइते अवस्थामा बालकलाई उपचारका लागि दमक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दमकस्थित किओच बाल अस्पतालमा पुर्याउनसाथ नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।

घटनाको भएको समयमा घिसिङले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । विश्वा आफ्नो श्रीमानसंग मनमुटाव भएपछि घिसिङकोमा बस्दै आएको स्थानीयहरुले बताएका छन् ।

घटनामा संलग्नता रहेको आशङ्कामा नाबालककी आमा विश्वालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको र घटना भएको समयमा घटनास्थलमा नरहेको पाइएपछि छाडिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.