क्रिकेटखेल

टी-२० विश्वकपमा वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दै नेपाल

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकपमा नेपालले आफ्नो तेस्रो खेल आज वेस्ट इन्डिजसँग खेल्दैछ । मुम्बईको वाङ्खडे स्टेडियममा हेने खेल नेपाली समय अनुसार दिउँसो सवा ११ बजे सुरु हुनेछ ।

नेपाल आज वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै सुपर ८ पुग्ने गणितीय सभावना कायमै राख्ने जितको लक्ष्यका साथ मैदानमा उत्रँदैछ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित भएको थियो, दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । यता वेस्ट इन्डिजले भने आफूले खेलेको दुवै खलमा विजयी भएको छ ।

तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट बाहिरिएको थियो । सुपर ८ मा पुग्न हरेक टोलीले समूह चरणका चारमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने हुनाले आजको खेल दुवै टोलीको लागि महवपूर्ण रहेको छ ।

हेड टु हेड हेर्ने हो भने नेपालले वेस्ट इन्डिजसँग हालसम्म ३ खेल खेल्दा २ खेल जितेको छ भने १ खेलमा पराजित भएको छ । गत अक्टोबरमा भएको ऐतिहासिक टी-२०आई शृंखलामा नेपालले वेस्ट इन्डिजमाथि २-१ को शृंखला जित निकालेको थियो । वेस्ट इन्डिज आईसीसी टी-२०आई वरियतामा सातौं स्थानमा छ ।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी मा रहेको छ । उक्त समूहमा नेपालसहित इंग्ल्यान्ड , वेस्टइन्डिज, बंगलादेश र इटाली रहेका छन् । टी–२० विश्वकप अन्तर्गत नेपालको समूह चरणका सबै खेल भारतको मुम्बईमा खेल्ने भएको छ ।

आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्न लागेको नेपालले चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ । नेपाली टोलीमा रोहित पौडेल कप्तानका रुपमा रहँदा दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । त्यस्तै, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी र लोकेश बम रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.