टोकियोमा नमस्ते ब्याण्डको महाशिवरात्री वल्र्ड म्यूज़िक फ़ेस्टिवल हुने
जापानको राजधानी टोकियोमा नेपालको बहुचर्चित सांगीतिक समूह नमस्ते ब्याण्डको ३२ औं बार्षिक उत्सव तथा तेस्रो महाशिवरात्री वल्र्ड म्यूज़िक फ़ेस्टिवल २०२१ हुने भएको छ । यो समूह नेपाल र जापानमा स्थापित सांगीतिक समूह हो ।

सांगीतिक कार्यक्रम सामाजिक कार्यमा लगाउने उद्देश्यले गर्न लागिएको आयोजकले बताएको छ । आयोजकका अनुसार यस कार्यक्रमबाट उठेको र खर्च कटाएर बचेको रकमले कास्की पुम्दीकोटमा बन्दैगरेको नेपालकै सबैभन्दा अग्लो शिव लिंग) मुर्ती)लाई आवश्यक रकम सहयोग गर्ने रहेको छ ।
पवित्र उद्देश्यका साथ जापानबासी नेपालीहरुलाई सांगीतिक मनोरञ्जन दिन आयोजना गर्न लागिएको यो कार्यक्रम भव्य रुपले सफल बनाइदिन जापानबासी सम्पूर्ण नेपालीलाई नमस्ते व्याण्डले हार्दिक अपिल गरेको छ ।
नेपाल र नेपालीको चिनारी, नेपाली सङ्गीत, कला, साहित्य, भाषा र संस्कृति पर्यटन प्रवर्धन सम्वर्धन तथा अन्तर्राष्ट्रियस्तरमा संस्कृतिको आदान प्रदान साथै संगीतकर्मीहरुको एकता, सद्भाव मित्रता र भाइचारा बढाउने उद्देश्यले विगत ३१ वर्ष अगाडि नेपाली तथा जापानिज समुदायका सदस्यहरु मिलेर (नेपाल र जापानमा) नमस्ते व्याण्ड स्थापना भएको थियो ।
जापानबाट नै पहिलो पटक नेपालको पहिलो पटक गीति सिडी एल्वम् (एकता) राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा उत्पादन तथा विक्रि वितरण गरी नेपालको पहिलो व्याण्डको रुपमा परिचित रहेको छ ।
आउँदो मार्च १४ तारिख आइतबार दिनको ३ बजेबाट ८ः३० सम्म आयोजना हुने सांगीतिक कार्यक्रम नेपाल जापान सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ईश्वर गुरुङ संयोजकत्वमा सम्पन्न हुनेछ ।
कार्यक्रम स्थल Club WARP, Shinjuku Khabuki cho,1-21-1, towadaini bld b1 रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्