राजनीति

सरकारी तिरो बाँकी रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

यसपटक आगामी स्थानीय तहको चुनावमा एउटा नयाँ अभ्यासको थालनी हुने भएको छ, जसले आम जनताको भावनाको कदर गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।

स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरु बताउँछन् । यदि कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्छ ।

आयोगका एक सदस्यका अनुसार ‘मेरो बेरुजु छ भने तिर्न सक्छ वा वेरुजु पुष्टि भए गाह्रो हुन्छ भनेर उम्मेदवार नै नबन्न सक्छन् । यसले स्थानीय तहका जनप्रतिनिधिलाई पारदर्शी हुन बाध्य पार्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.