राजनीति

यथास्थितिमा एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादी चेतावनी

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका प्रावधानहरु संशोधन नगरी पारित गर्न नहुने र सरकारले यथास्थितिमा अघि बढाए विपक्षमा मतदान गर्ने र गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिंदै माओवादी प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन नहुने र जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको बताउनुभएको छ ।

संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.