राजनीति

देउवा-प्रचण्ड छलफल : आज एमसीसी संसदमा टेबल नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज (फागुन ४ गते बुधबार) अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश नगर्ने सहमति भएको छ ।

माओवादी केन्द्रको संसदीय दल बैठकले एमसीसी सम्झौतामा रहेका असमान शर्त तथा राष्ट्रिय हित प्रतिकूलका प्रावधान परिमार्जन नभई संसदमा टेबुल भएमा विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय सुनाउन बैठक लगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जानुभएको थियो । दुई नेताबीचको छलफलपछि एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि बिहिबार ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने र एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।

प्रतितोला १६ सयले घट्यो सुनको मूल्य

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.