जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

दाङ, सिरहा र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दाङ, राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा प्रदेश ३ -०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीको ठक्करबाट साइकलयात्री प्युठान झिमरुक गाउँपालिका-१ घर भई हाल दाङ राप्ती गाउँपालिका-८ पिपरी बस्ने ३५ वर्षीया राधा बस्नेत र १६ वर्षीया बिपना केसीको बुधबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये राधाको लमही अस्पतालमा र बिपनाको क्रिमसन अस्पताल मडिग्राम रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै सिरहा, सिरहा नगरपालिका-९ गुलरिया चोकमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स.५ प १३०५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सिरहा नगरपालिका-१० नरहैया बस्ने ६२ वर्षीय लोचन मण्डलको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त मोटरसाइकल पदैलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा सोही स्थानमा पार्किङ गरी राखिरहेको स.१ त ४०२४ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल सिरहा हुँदै थप उपचारको लागि बिराटनगरतर्फ रिफर गरिएको छ ।

यस्तै सर्लाही, मलंगवा नगरपालिका-११ गमहरियास्थित सडकमा बिआर ३० डि ३५१८ नम्बरको मोटरसाइकल र बिआर ०६ बिपि ४१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा बिआर ०६ बिपि ४१७२ नम्बरको मोटरसाइकलमा सवार मलंगवा नगरपालिका-११ बस्ने १५ वर्षीय बिकास रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.