जन सरोकार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् । सिरहा, मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । त्यस्तै झापा, मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जना बिहीबार साँझ पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दमक नगरपालिका-५ बस्ने २४ वर्षीय सागर खड्कालाई १ ग्रामसहित र मोरङ उर्लाबारी-७ बस्ने २९ वर्षीय सन्तोष तिमल्सिना सहित २ जनालाई करिब ५ ग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ कृषिथोक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ९ सय ४० रूपैयाँसहित भारत घर भएकी ३० वर्षीया शोभा दासलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेस्थित सडकबाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दान बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मालाखेती र अस्थायी प्रहरी पोष्ट श्रीपुरको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सागर चौधरी सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा ३ किलोसहित धादिङ निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले ग.२ ख १०५१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.