जन सरोकार

भागरथी हत्या अभियोगमा एक विद्यार्थी पक्राउ, प्रहरीद्वारा सार्वजनिक गरिंदै

भागिरथी भट्ट

गच माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको अभियोगमा सनातन माध्यमिक विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् । प्रहरीले आज (बुधबार) यसबारे सार्वजनिक गर्ने तयारी रहेको बताएको छ ।

भागरथी यही विद्यालयको कक्षा १२ मा पढथिन भने पक्राउ परेका विद्यार्थी पनि सोही विद्यालयका कक्षा ११ का छात्र हुन् । ती युवा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका ७ निवासी हुन् ।

ती युवाले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी बयान दिएका छन् ।

भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए । निर्मला हत्या प्रकरणमा पनि सुरुमा पक्राउ परेर प्रहरीले सार्वजनिक गेका पुरुष मानसिक रोगी रहेको पुष्टि भएको थियो ।

पन्त पन्त हत्याकाण्ड जस्तै यो घटनाबाट प्रहरीलृे सुरुदेखि नै निकै चलाखीका साथ अनुसन्धान गरिरहेको थियो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदी घटनाको भोलिपल्टैदेखि बैतडीमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.