जन सरोकार

अनुयायीले शरीर सुम्पिइन बाबाले करणी गरे- बलात्कार भन्न मिल्दैन! (फैसलाको पूर्णपाठ)

भनिन्छ तपस्वीहरु इन्द्रियलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन्, काम, क्रोध, लोभ, मोहमा नियन्त्रण लिनसक्ने उनीहरुलाई त्यसै भएर साधु भनिन्छ । तर तिनै साधुका रुपमा आफूलाई चिनाउने, हजारौं भक्तहरु अघिपछि लगाउनेहरु नै अनुयायीमाथि यौन दुव्र्यवहार गर्छन् भने त्यो घटना साधु सन्तसमाजकै लागि निन्दनीय हुन जान्छ ।

भारतमा यस्ता अनेकौं घटनाहरु सार्वजनिक भएका छन् र आफूलाई साधु भनाउनेहरु अहिले जेलको हावा खाएर बसेका छन् । तर नेपालमा अनेक साधुहरुकाबीचमा एक साधु चर्चामा छन् । उनीमाथि एक भक्तिनीले बलात्कारको आरोप लगाएपछि चलेको मुद्दामा जिल्ला अदालत सुनसरीले आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा सिद्धबाबालाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो ।

माघ २९ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले तयार पारेको फैसलाको पूर्णपाठमा अनुयायीले शरीर सुम्पेपछि सिद्धबाबाले करणी गरे । यहाँ जवर्जस्ती भएको छैन, सहमतिमा करणी गरिएको छ । सुनसरीस्थित चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलासँग जिल्ला सरकारी वकिलको कार्यालयले त्यसविरूद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।

अदालतको फैसलामा अपहरण गरी, शरीर बन्धक बनाएर जबरजस्ती गरेको नदेखिएको, अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको, सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने जस्ता आधार कारण दिएर गरिएको फैसलाले पीडितलाई झनै पीडित बनाएको र पीडकलाई उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उहाँलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो । एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो । डर, त्रास र अनुचित प्रभावमा पारेर आफूलाई सिद्धबाबाले बलात्कार गरेको भन्दै पीडित महिलाले जाहेरी दिएकी थिइन् ।

तर न्यायाधीश कोइरालाको फैसलामा भनिएको छ- “जबरजस्ती करणी गरेको र प्रतिवादीको हैसियत र समाजमा रहेको प्रभावका कारण तत्काल घटना बाहिर ल्याउन नसकेको भन्ने आशयको जाहेरवालीको भनाइ रहेको देखिन्छ, । अपहरण गरी वा शरीर बन्धकमा लिई वा होस ठेगानमा नरहेको अवस्थामा पारी जबरजस्ती करणी गरेको भन्ने निजको भनाइ रहेको छैन ।”

अदालतको यो फैसलाले प्रचलित कानुनको व्याख्या के कति गरेको छ त्यो आफ्नै ठाउँमा होला तर समाजलाई सत्मार्गमा डोर्याउन हिंडेका व्यक्तिले आफ्नै अनुयायीलाई सहमतिमा वा आकर्षित गरेर करणी गर्नु नैतिक अपराधको पाटो भने हो ।

हुन त अदालतले सिद्धबाबालाई जेलमुक्त गरेर बलात्कारको आरोपबाट उन्मुक्ति दिए पनि उनको सामाजिक हैसियत भने शून्यमा झरेको छ । राज्यको प्रभावशाली व्यक्तिहरुको निकटमा रहेका प्रभावशाली व्यक्ति सिद्धबाबा प्रकरणले साधु सन्तप्रति अनास्था भने बढाउने काम गरेको छ र सचेत पनि बनाएको छ ।

सिद्धबाबालाई अदालतले दिएको सफाईको पूर्णपाठ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.