जन सरोकार

प्रहरी बयानमा दिनेशले भने- भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरें

भागिरथी भट्ट

माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवाका बारेमा बैतडीमा दिउँसो पत्रकार सम्मेलन गरी जानकारी दिइने तयारी जिल्ला प्रहरी कार्यालय बैतडीको छ ।

पत्रकार सम्मेलन गर्नुअघि अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला अदालत लैजाने तयारी प्रहरीले गरेको छ । लामो समयको अनुसन्धानपछि प्रहरीले मंगलबार भागरथी अध्ययनरत विद्यालयकै कक्षा ११ का विद्यार्थी १८ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको थियो ।

दुई साता लामो अनुसन्धानपछि प्रहरीले घटनामा कक्षा ११ मा पढ्ने भट्टको संलग्नता पुष्टि गरेको थियो ।  दिनेशले पारिवारिक प्रतिसोधका कारण भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

भट्टविरुद्ध जिल्ला अदालत, बैतडीमा करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद थप हुनेछ । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार म्याद थप गरेपछि पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

२१ माघमा सनातन माविको कक्षा १२ मा अध्ययरत विद्यार्थी भट्ट हराएकी थिइन् । खोजतलासका क्रममा भोलिपल्ट घर फर्किने बाटो छेउ जंगलमा उनको शव भेटिएको थियो । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टम परीक्षणले उनको बलात्कारपछि हत्या भएको देखाएको थियो ।

भागरथी हत्या अभियुक्त दिनेश भट्ट

यो घटनाको लामो समयसम्म अपराधी पत्ता नलाग्दा कतै निर्मला पन्तकै नियती त हुने हैन भन्ने आशंका भैरहँदा प्रहरीले भने आफ्नै किसिमले घटनाको सूक्ष्म अनुसन्धान गरिरह्यो र अन्ततः सफलता प्राप्त गरेको छ । मुख्य अभियुक्तलाई पक्राउ गर्नुअघि अर्का एक व्यक्ति पक्राउ परेका भए पनि उनले आफूले बलात्कार र हत्या गरेको पुष्टि गर्न चुनौति दिंदै सम्पूर्ण परीक्षण गर्न तयार रहेको बताएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा रहेका दिनेशमाथि केन्द्रित भएको थियो ।

प्रहरीले भागरथीको हत्या बाहिरको मान्छेबाट नभै स्कूलकै सहपाठीहरुबाट हुनुपर्छ भन्ने निष्कर्षका साथ घटनापछि पहिलो चरणमा प्रहरीले सो क्षेत्रमा घर पर्ने, सोही विशद्यालयमा पढ्ने, सोही बाटो भएर हिँड्ने धेरैलाई सोधपुछ गरेको थियो । यसमा दिनेश पनि परेका थिए । प्रहरीलाई दिएको बयान फरक भएपछि अनुसन्धान अधिकृतले दिनेशलाई सुुक्ष्म निगरानीमा राखेको थियो र प्रत्येक दिन कहिले प्रहरी चौकीमा ल्याएर त कहिले घरमै पुगेर सोधपुछ गरेको थियो ।

यतिसम्म कि प्रहरीले दिनेशलाई उसकै कुल देवताको मन्दिरमा लगेर अपराधमा संलग्न हो वा होइन भनेर कसम खान लगाएको थियो । त्यतिबेला पनि दिनेशले घटनामा आफ्नो संलग्नता छैन भन्दै आएको थियो । तर प्रहरीलाई दिनेशमाथिको शंका बलियो हुनुको कारण उनको गडबढ टाइमलाइन र बलियो शरीर नै थियो । त्योबाहेक केही आक्रामक स्वभाव र छिटो रिसाउने बानीका कारण घटनामा संलग्नताको आशंका झन्–झन् बढ्दै थियो ।

प्रहरीले शंकितमध्येका एक दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै प्रत्येक दिन सोधपुछ गरिरहेको थियो । सुरुमा कन्फिडेन्स देखाएका दिनेश पछि बिस्तारै गल्दै गएका थिए । त्यसबाहेक दिनेशले बोलेका केही झुटले प्रहरीलाई दिनेशमाथि शंका गर्न थप मद्दत पनि पुग्यो । उसले भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झुट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोलाई उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गरिरहेको थियो ।

दिनेशको बजारबाट घर जाने बाटोको समयमा करिब २५ मिनटेको मिसम्याच भएपछि प्रहरीले माघ ४ गते मंगलबार पुनः दिनेशलाई प्रहरी कार्यालयमा बोलायो । दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्यो । २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्यो ।

आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबरजस्ती गरेको उसले स्वीकार गरेको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिएको छ ।

भागरथी हत्या अभियोगमा एक विद्यार्थी पक्राउ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.