प्रदेशबागमती

वाग्मती प्रदेशसभाको बैठक सूचना जारी गर्दै स्थगित

फागुन ५ गतेलाई तय भएको वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ ।

आज बस्ने बैठकमा उक्त विषयमा दलगत रुपमा धारणा राख्ने गरी बैठक तय भएको थियो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदूर किसान पार्टीको दुई र एक स्वतन्त्र सांसद गरी ११० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.