जल/वातावरण

अनुदानको खोप पूर्णरुपमा प्रयोग नभैसक्दै खोप किन्न एक अर्ब स्वीकृत

कोरोना भाइरस महामारीपछि परीक्षणका लागि भनेर स्वास्थ्य सामग्री खरदीमा ठूलो घोटाला भयो । किनिएका सामग्रीहरु प्रयोग हुन नसकी नष्ट गर्नुपर्ने अवस्थामा पुगेका छन् । स्वास्थ्य मन्त्रालयकै अधिकारी कोरोना संक्रमण भए नभएका पत्ता लगाउन खरीद गरिएका ५ लाख एन्टिजेन किट उपयोगविहीन भएर नष्ट गर्नुपर्ने अवस्थामा रहेको बताउँछन् ।

त्यस्तै भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप पनि अपेक्षाकृत रुपमा प्रयोग भैरहेको छैन । सरकारले जुन लक्ष्य र गतिमा खोप लगाउने अपेक्षा गरेको थियो त्यसमा विविध व्यवधानहरु आइरहेका छन् । भएका सामग्रीहरुको पूर्ण उपयोग गरिसकेर बाँकी किन्ने तयारी हुनुपर्नेमा उपयोग नगर्दै खरीदका लागि बजेट र प्रक्रिया मिलाउन थालिएको छ ।

यसबीचमा कोरोना खोप खरिदका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेअनुसार प्रयोजनका लागि स्वास्थ्यबाट अग्रिम रकम माग भएको थियो र सोहीअनुसार अर्थले बजेट स्वीकृत गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र प्राथमिकतामा रहेका नागरिक र एक वर्षभित्र सबै नागरिकलाई निःशुल्क कोरोना खोप दिइसक्ने जानकारी गराउनुभएको छ । खोपका लागि ४८ अर्ब चाहिने अनुमान गरिएको छ ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । यसबाहेक चीनले ५ लाख डोज खोप दिने बताएको छ । यसबाहेक अन्य आवश्यक खोप भने सरकारले खरिद गर्नुपर्नेछ ।

सबै नेपालीलाई कारोना खोप लगाउने योजना र तयारी सह्रानीय कार्य भए पनि खोप लगाउने विधि, प्रक्रिया र तथ्यांक संकलनमा जेजस्ताा झमेला आइरहेका छन् त्यो भने चिन्ताको विषय छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.