जन सरोकार

भागरथीका बाबुले आफ्नी फुपुलाई जिस्क्याएको रीसमा ढुकेर हत्या गरेको साविती बयान

बैतडीकी भागरथी भट्टको हत्यारा पनि निर्मला पन्तको जस्तै पत्तै नलाग्ने हो कि भन्ने चिन्ता जागृत भैरहेका बेला प्रहरीमाथि ठूलो चुनौति थपिएको थियो । त्यसैले यो घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी आफैं अनुसन्धानका लागि बैतडीमा डेरा जमाउनुभयो ।

घटनाको दुई हप्ता नबित्दै अन्ततः हत्यारा पक्राउ परे र आज सार्वजनिक गरिएको छ । भागरथीका हत्यारा उनी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश भट्टको संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताउनुभयो ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीले बताउनुभयो । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको बताउँदै सुवेदीले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने बताउनुभयो ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी बयानमा दिनेशले भने- भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरें

पत्रकार सम्मेलनमा सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए । माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए । साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको बताउनुभयो ।

डिआइजी सुवेदीले भन्नुभयो ‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उद्देश्यले कुरेर बसेको, भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो’।

तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन् । तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो ।

भट्ट बलात्कार र हत्या प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मानसमेत गरेका छन् ।

२१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.