क्रिकेटखेल

कुशल भुर्तेलको घातक बलिङ, नेदरल्याण्डस एकसय ३७ रनमा समेटियो

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई जितका लागि ५० ओभरमा १ सय ३८ रनको लक्ष्य लिएको छ ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न क्रममा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले घातक बलिङ गर्दै चार विकेट लिए ।

त्यसै गरी ललित राजवंशीले २, सोमपाल कामी, कप्तान रोहित पौडेलले एक-एक विकेट लिए भने नेदरल्याण्ड्सका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

टस जितेर पहिले फिल्डिङको निर्णय लिएको नेपालले नेदरल्याण्डलाई ३९ ओभरमा १ सय ३७ रनमा समेट्ने क्रममा पहिलो ओभरमै सोमपाल कामीले विकेट लिएर दवावमा राखेका थिए ।

पहिलो ओरको तेस्रो बलमा खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।

स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भए ।

त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माकाे विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.