क्रिकेटखेल

अनिल र आशिफको अर्द्धशतकको मद्दतमा नेदरल्याण्डसमाथि नेपालको नौ विकेटको जित

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि अनिल साह र आशिफ शेखको अर्द्धशतकीय पारीको मद्दतले ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको लिगको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतमा पूरा गरेको थिया ।

नेदरल्याण्डसलाई ठूलो अन्तरले पराजित गर्ने क्रममा कुशल भुर्तेलले आक्रमक सुरुवात गरे । उनले ११ बलमा २८ रन बनाएर आउट भए भने । त्यसपछि अनिल साह र आशिफ शेखले खेल टुंग्याए ।

आशिफले ५४ रन र अनिलले ५७ रनको अर्द्धशतकीय पारी खेले । आशिफले ४५ बलमा ८ चौका र १ छक्का हाने भने अनिलले ३६ बलमा ६ चौका र ४ छक्का प्रहारा गरे ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.