राजनीति

के एमसीसी रोकेकै कारण महराले सभामुखबाट पदच्यूत हुनुपरेको हो ?

निवर्तमान सभामुख कृष्णबहादुर महराले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा नभएकाले आफूले अघि नबढाएको अप्रत्यक्ष सन्देश दिंदै राष्ट्रिय स्वाधीनताको पक्षमा आफू सधैं दृढ रहेको र रहिरहने बताउनुभएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाई पाएपछि एक विज्ञप्तिमार्फत महराले मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको भन्नुभएको छ- ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’

महराले वक्तव्य जारी गर्दै नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको र सधैं रहिरहने बताउँदै डिल्लीबजार कारागारमा हुँदा आफूलाई सहयोग र सहानुभूति दिने समर्थक, शुभचिन्तक, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, प्रहरी र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई धन्यवाद दिनुभएको छ ।

एमसीसी परियोजना रोकेकै कारण ‘अमेरिकी ग्राण्ड डिजाइन‘मा महरामाथि ‘रोशनी काण्ड’ लगाइएको उहाँका समर्थकहरूले दाबी गर्दै आएका छन् । महरा कारागारबाट छुटेपछि पनि कार्यकर्ताहरुले ‘एमसीसी मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

एमसीसीको पक्ष र विपक्षमा मुलुक विभावित भैरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सभामुख रहँदा महराले एमसीसी पास गर्न प्रक्रिया अघि नबढाएको भनेर असन्तुष्टि जनाउँदै आउनुभएको थियो । महराले आफू जेलबाट रिहा भएपछि कुनै राजनीतिक मुद्दालाई अघि नबढाएर राष्ट्रियताको सवाललाई उच्च प्राथमिकता दिएर वक्तव्य जारी गर्नु अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.