जन सरोकार

सलाम नगरेको भन्दै झण्डै कुटाइ खाएनन् प्रहरी जवानले इन्स्पेक्टरको

एक प्रहरी निरीक्षकले जवानलाई कुटपिटको सलाम नगरेको भन्दै कुटपिटको प्रयास गरेका छन् । समाचार अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक विक्रम सुवेदीले वृत्तमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि गालीगलौज गर्दै कुटपिटको प्रयास गरेका हुन् ।

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा जुनियर कर्मचारीले सिनियरलाई सलाम गर्ने प्रचलन छ तर बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम गरेका थिएनन् ।

सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले सलाम नगरेपछि सम्झाउने क्रममा विश्वकर्माले केही बोलेपछि प्रहरी निरीक्षक सुवेदीले कुट्ने प्रयास गरेको देखिएको बताउँदै यस विषयमा अनुसन्धान गरिने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.