जन सरोकार

असारबाट नयाँ शैक्षिकसत्र- जेठभित्र चालू शैक्षिकसत्र सकाउन विद्यालयहरुलाई दवाव

कोरोना भाइरस महामारीका कारण गत चैत्रदेखि लामो समयसम्म बन्द रहेको विद्यालय तहको नयाँ शैक्षिकसत्र यसपटक असारबाट सुरु हुने भएको छ । केही महिनायता विद्यालयहरु सुचारु भैरहे पनि पूर्ण अध्यापन नभैरहेका बेला अब जेठभित्र चालू शैक्षिकसत्र सक्नुपर्ने दवाव बढेको छ ।

विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयले हरेक वैशाखमा नयाँ शैक्षिकसत्र सुरु गर्ने नियमावलीलार्य संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको हो । जेठमा शैक्षिक सत्र सक्न अब सबै सार्वजनिक विदा कटौती गरेर पढाउनुपर्ने र पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले दिएको जानकारी अनुसार संशोधित शिक्षा नियमावलीलाई आधार मानेर मन्त्रालयले यो वर्षको शैक्षिक सत्र दुई महिना पछि धकेल्ने निर्णय गरिएको हो ।

शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन नसकेपछि माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय संचालन सुरु गरेका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा जेठमा नै शैक्षिक सत्र सक्ने दबाब उपत्यकाका विद्यालयहरुमा रहेको बताउँदै भन्नुहुन्छ ‘उपत्यकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु सिकाइ सहजीकरणसँग जोडिन सकेका थिएनन् । भौतिक रुपमा विद्यालय संचालन भएपछि मात्रै जोडिएका विद्यार्थीहरुलाई अलि दवाव हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.