जल/वातावरण

भरतपुर आँखा अस्पताललाई पाकिस्तानी सहयोग निरन्त र रहने

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले भरतपुर आँखा अस्पताललाई विगतमा दिइँदै आएको सहयोग निरन्तर रहने बताउनु भएको छ । उहाँले बिहिबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत शाहले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्ययनपछि के सहयोग गर्न सकिन्छ, हामी गर्छौ ।” आँखा उपचार जस्तो महत्वपूर्ण सेवा अस्पतालले उपलब्ध गराउँदै आएकोमा उहाँले प्रशंसासमेत गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, जिल्ला सभापति कृष्णराज धरेल, अस्पतालका प्रमुख मेडिकल निर्देशक प्रा डा रघुनन्दन बेन्जु, अस्पतालका व्यवस्थापक दयाशङ्कर चौधरीलगायतले अस्पतालले हालसम्म गरेका कार्य र आगामी दिनका योजनाबारे बोल्नुभएको थियो ।

सो अवसरमा अस्पतालका डा रञ्जित साहले अस्पतालको अवस्थाका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । राजदूत शाहले अस्पतालका विभिन्न विभागको निरीक्षणसमेत गर्नुभएको थियो । पाकिस्तानमा मुख्य कार्यालय रहेको बिसिसिआई बैंकले भरतपुर आँखा अस्पततालको स्थापनाको समयमा मुख्य भवन निर्माण निर्माण गर्न तत्कालीन समयमा रु ८४ लाख सहयोग गरेको थियो ।

विभिन्न समयमा उपकरणसमेत सहयोग गर्दै आएको छ । पाकिस्तानी दूतावासले अस्पताललाई प्रत्येक वर्षजसो आर्थिक सहयोग गर्दै आएको छ । अस्पतालको शल्यक्र्रिया थिएटर बनाउन दूतावासले रु ७२ लाख सहयोग दिएको छ ।
उक्त रकम सुरक्षित रहेको अस्पतालका अध्यक्ष धरेलले जानकारी दिनुभयो । यस्तै चम्मा पसल निर्माण गर्न ३६ लाख र फेको मेसिनलगायतका उपकरण पनि दूतावासबाट सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म विभिन्न समयमा गरेर पाकिस्तानी दूतावासबाट रु दुई करोडभन्दा बढी सहयोग प्राप्त भइसकेको छ । अस्पतालले आर्थिक वर्ष सन् २०१८र१९ मा दुई लाख सात हजार ६७६ जनालाई सेवा दिएको थियो भने सन् २०१९र२०२० मा एक लाख ६३ हजार १४८ बिरामीलाई सेवा दिएको छ । अस्पतालले अस्पताल, अस्पतालद्वारा सञ्चालित आँखा सेवा केन्द्र र विभिन्न ठाउँमा शिविर सञ्चालनन गरी आँखाको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.