जन सरोकार
ढुङ्गेअड्डामा भेटिएको शंकास्पद बस्तु नक्कली बम, सेनाको टोलीद्वारा निस्क्रिय
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डाको मुख्य सडकमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो ।
प्रवक्ता मैनालीले तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएपछि बम जस्तो देखिएकाले स्थानीय आतंकित थिए । अनुसन्धानपछि ती वस्तु नक्कली बम भएको पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिनुभयो । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्