राजनीति

एमसीसीका नाममा हिंसा भड्काए अस्वीकार्य : अमेरिकी राजदूत बेरी

नेपालमा अमेरिकी सहायता परियोजना “मिलेनियम च्यालन्ज कर्पोरेशन” (एमसीसी)का विषयमा नेपालमा भैरहेको बिरोध प्रदर्शनप्रति नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले चासो दिनुभएको छ ।

आज दूताबासको आधिकारिक ट्वीटर खाताबाट सन्देश जारी गर्दै राजदूत बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भए पनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताउनुभएको हो ।

उहाँले लेख्नुचएको छ हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो, आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.