राजनीति

‘हाम्रा उम्मेदवारलाई भोट नदिए पनि कामको लिस्ट दिनुस्’ : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका सो पार्टीका वरिष्ठ नेता तथा बालेन्द्र साह (बालेन)ले सुदूरपश्चिमलाई सुनजिक बनाउने बताउँदै आफूहरु भोट माग्न नभई काम माग्न आएको बताउनुभएको छ ।

बुधबार धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै साहले सो कुरा बताउनुभएको हो । त्यस क्रममा उहाँले रास्वपाले देश भोट नदिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिममा काम गर्ने प्रतिबद्धता जनाउँदै आफ्ना उम्मेदवारहरुलाई काम दिन आग्रह गर्नुभयो ।

साहले ‘सुदूरपश्चिम’लाई ‘सु–नजिक’ प्रदेश बनाउनुपर्ने बताउँदै भन्नुभयो, “तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस् ।”

आफ्नो सम्बोधनको सुरुवात डोटेली भाषामा गर्नुभएका बालेनले भौतिक पूर्वाधारको विकाससंगै निःशुल्क शिक्षा र स्वास्थ्यको लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सम्बोधन गर्दै बालेनले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताउँदै भन्नुभयो, ‘दुईवर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन । डेढ वर्षमा बन्नुपर्‍यो । त्यो हो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो ।’

सम्बोधनका क्रममा बालेनले दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै बनाउने आफ्नो एजेन्डा रहेको बताउँदै भन्नुभयो, “दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन । डेढ वर्षमा बन्नुपर्‍यो । त्यो हो हाम्रो एजेण्डा । रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्‍यो ।”

यो भेगमा मेरो भोट छैन किन बाटो बनाउनुपर्‍यो भन्ने प्रवृत्ति राजनीतिमा कायम रहेको बताउँदै बालेनले रास्वपाले सरकार बनाएपछि सबै नेपाली जनता हिँड्ने बाटो बनाउनने बताउँदै भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.