राजनीति

“प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन मात्रै हैन”

मुलुक राजनीतिक जटिलताको दिशातिर उन्मुख भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको बताउनु भएको छ ।

शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको र नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको गुनासो गर्दै विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताउनुभएको छ ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि जनाउनुभएका पूर्व राजा शाहले सामाजिक जीवनपद्धति र सबैको सन्तुलित खुसीमा नै प्रजातन्त्रको प्राण अटूट रहने भन्दै सबैले छातीमा माटो राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button