राजनीति

नेपाल अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदार्पण गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्ने अवस्था रहेको भन्दै लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीं कतैबाट हुन नहुने बताउनुभएको छ । लोकतान्त्रिक विधिबाटै देश समृद्धिको दिशातर्फ अग्रसर भएको बताउँदै प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदार्पण गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास दिलाउनुभयो ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, मुलुक नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ ।”

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधि भएको बताउँदै त्यसकालागि जुट्न सबैमा आव्हान गर्नुभयो ।

सुशासन र विकासका सपनाहरु साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु बान्छनिय नभएको चर्चा गर्र्नुहुँदै प्रधानमन्त्री ओलीले बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ । सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछुँ ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विभिन्न क्षेत्रमा देखिनेगरी सफलता हासिल गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै थप उपलब्धीका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई एकजुट बनाएर सुन्दर भविष्य निर्माण गर्न साझा प्रयास गर्नु आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हामी सबै विकासतर्फ उन्मुख हुनुपर्छ, जनताको आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ ।”

राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढ्न आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अभिमत विपरित सरकार नजाने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख अग्नीप्रसाद सापकोटा, सरकारका मन्त्रीहरु, राष्ट्रिय सभाका सदस्यसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न झाँकीसहितको प्रस्तुती गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.