जन सरोकार

भागरथीको आफन्तले बुझे शव, महाकाली नदीमा दासंस्कार

भागिरथी भट्ट

बलात्कारपछि हत्या भएको १६ दिनपछि बैतडीकी भागरथी भट्टको परिवारले शव बुझेर दाहसंस्कारका लागि महाकाली नदीमा लगेका छन् । बैतडी प्रहरीले फागुन ५ गते बुधबार हत्या आरोपमा चडेपानीकै दिनेश भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

दिनेशले हत्या गरेको बलात्का नगरेको बताएपछि परिवारले शव नबुझ्ने बताउँदै आईरहेका थिए । बिहिबार भने अरोपित दिनेशले बिहीबार आफ्नै घरपरिवारका सदस्य मध्येका बुवा, सरकारी वकिल र अनुसन्धानमा सरिक प्रहरी अधिकृतका सामु बलात्कारपछि आफूले नै हत्या गरेको स्वीकारगरेपछि भागरथीका परिवारले शव बुझेको बताएका छन् ।

विहीबार अभियुक्त दिनेश भट्टको बयानका आधारमा लडाकेल जङ्गलबाट भागरथीले प्रयोग गर्ने गरेको घडी फेलापरेपछि घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

विहीबारको बयानमा दिनेश भट्टले भागरथीले लगाएको घडी हत्या भएको जङ्गलमा फालेको स्थान बताएपछि घडी फेला परेको प्रहरीले जानकारी दिएको छ । बलात्कार र हत्या आफैले गरेको स्वीकार गरेर प्रमाणका रुपमा घडीसमेत फेला परेपछि परिवारले शव बुझेका भागरथीका आफन्त शिवराज भट्टले बताउनुभयो ।

“शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित अनुसन्धानमा संलग्न प्रहरीसँग छलफल भयो,” शिवराज भट्टले भन्नुभयो, “ उहाँहरुले भागरथीको फरेन्सिक रिपार्टका लागि चाहिने स्वाव, भेजाईलन स्वाब सबै प्रयाप्त मात्रमा डाक्टरको टिमले संकलन गरेकोले प्रमाण संकलनमा कुनै कसर बाँकी नरहेको बताउनुभयो । त्यसपछि भागरथीको शव बुझेर महाकाली नदीमका दाह संस्कारका लागि लगेका हौं ।”

परिवारका सदस्यले भागरथीको शव शुक्रबार १ः ३० बजे जिल्ला अस्पताल बैतडीको शव गृहबाट काठको बाकसमा राखिएको शव गाडीमा राखेरेर दशरथचन्द नगरपालिका–६, शेरा नजिक महाकाली नदीमा दाहसंस्कारका लागि लगेर गएका छन् ।

जिल्ला अस्पतालबाट शव बाहिर निकालेर बैतडी सदरकमुकाम गोठलापानीबाट सेरासम्म शवयात्रा सुरु भएर महाकाली नदीको शेरामा अन्तिम दाहसंस्कार हुने आफन्त शिवराज भट्टले बताउनुभयो ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट माघ २१ गते विद्याबाट घर फर्किदा बेपत्ता भएकी थिइन् । उनको भोली पल्ट २२ गते गाउँ नजिकैको लडालेक जङ्गलमा शव फेला परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.