अर्थसेयर बजार

पुँजी बजार सुधार्न धेरै काम गर्न बाँकी छ, स्वतन्त्र भएर काम गर्नु

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई सुझाव दिनुभएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उहाँले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गर्नुभएको हो ।

“पुँजीबजारको सुधारका लागि धेरै बाँकी काम रहेछन्”, मन्त्री शर्माले भन्नुभयो, “तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

तपाईंले स्वतन्त्ररूपमा काम गर्नुहुनेछ ।” उहाँले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिकरूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्णरूपमा प्रयोग गर्ने बताउनुभयो । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्नुहुँदै निरन्तर सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

हमाललाई योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.