हाम्रै कारणले एमसीसीबारे वैदेशिक शक्तिले बोल्न थाले : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न दलहरुसँग आग्रह गर्दै एमसीसीका विषयमा एकमत नहुँदा विदेशीले बोल्न थालेको पनि बताउनुभएको छ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो ।
“एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ ।” देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ ।
उपसभापति गुरुङले भन्नुभयो, “हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् कि भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उहाँको आरोप थियो ।
उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपथ्र्यो । न्यायलयका प्रमुख प्रधानन्यायधीशले न्यायलय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपथ्र्यो तर समस्यालाई हेरेर बस्नु हुँदैनथ्यो भन्नुभयो ।
एक फरक प्रसङ्गमा उहाँले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्धक बनाउनु गलत भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्