राजनीति

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूलमन्त्र हो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको मूलमन्त्र रहेको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यामिक विद्यालयको ५६औँ वार्षिकोत्सवमा उहाँले सुशासन कायम नभएसम्म विकास–निर्माणका कामले फड्को मार्न नसक्ने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठ

‘‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय हो, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘विकासमा फड्को मार्न सुशासन अनिवार्य शर्त हो ।

पर्याप्त स्रोत साधनको अभावमा सरकारले चाहेजस्तोे विकास निर्माणका काम गर्न नसकेको उहाँले बताउनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘देशमा हामीले ठूलो राजनीतिक परिवर्तन गर्यौं, नयाँ संविधान बनायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौं, अब लोकतन्त्रको माध्यमबाट आमनागरिक जीवन फेर्नुपर्छ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.