जापान

नेवानिको जापान उडान अझ प्रभावकारी कसरी बनाउने ?

ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको जापानमा नेपालको राजधानी काठमाडौंदेखि सिधा हवाई उडान गर्दैआएको नेपाल वायुसेवा निगमको सेवाप्रति बेलाबेलामाा गुनासो आउने गरेको छ ।

राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमको नेपालदेखि जापान र जापानदेखि नेपालको उडान सस्तो, सरल र सहज बनाउने उपायहरुको खोजी गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानबासी नेपाली समुदायको सुझावसहितका धारणा व्यक्त गर्न नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शुसिल कुमार पन्तसँग अन्तरक्रिया गर्न लागेको हो ।

अन्तक्रियासहित स्वागत तथा भेटघाट गरिन सो कार्यक्रम रोयल गार्डेन लञ्ज एण्ड बार १६९-००७३, २ चोम-१७-११ हयाकुनिंचो, शिंजुकु, टोकियोमा जापानी समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.