राजनीति

राससको ६३ औँ वार्षिकोत्सव : जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सभामुख

राससको ६३ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उहाँले राससले पछिल्ला केही वर्षदेखि मल्टिमिडियालाई आत्मसात् गर्दै प्रविधिमैत्री समाचार एजेन्सीका रुपमा विकास गरेकोे कारण विद्युतीय सञ्चार संस्था र अनलाइन समाचार माध्यमका लागि रासस पहिलो रोजाइको एजेन्सी बन्न सफल भएको उल्लेख गर्नुभएको छ । आगामी दिनमा आफ्ना उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै अग्रणी समाचार एजेन्सीका रुपमा उभ्याउन उहाँले शुभकामना दिनुभएको छ ।

सभामुख घिमिरेले जनताको सर्वाेच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर गर्न गर्दै संसदीय अभ्यास सुरु भएपछि नै राससले संसदीय रिपोर्टिङमा समेत अब्बल सावित गरेको स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.