राजनीति

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

अध्यक्ष ओली

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । सहकारीको महत्व र गरिमालाई कायम राख्न यस क्षेत्रमा देखिएका विकृति हटाउन तथा सहकारीलाई बदनाम हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरेर ठगी धन्दामा लागेका तथा नाफा कमाउने व्यवशायका रुपमा सहकारीलाई प्रयोग गर्न खोजेको बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा योग्य र क्षमतावान व्यक्ति नियुक्ति गरिनुपर्ने खाँचो रहेको औँल्याउनुभयो । उपकुलपतिमा भागबण्डा नगरी उपयुक्त व्यक्ति नियुक्त गरिनुपर्ने उहाँको भनाइ थियो ।

नेपालमा अझै पनि प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासको खडेरी रहेको जिकिर गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले बसालेको लोकतान्त्रिक थितिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.