जन सरोकार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ परेका छन् । मोरङ, केराबारी गाउँपालिका-१० बगैचाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ४ सय मिलिग्राम, नगद १४ हजार ४ सय ७० रूपैयाँ र मोबाइल २ थानसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । त्यस्तै बारा, प्रसौनी गाउँपालिका-१ नकटुवा चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो २ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१३ रानीघाट बस्ने २० वर्षीय गल्लु यादव र बारा प्रसौनी गाउँपालिका-४ खुटवा बस्ने २६ वर्षीय फुलमान अंसारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस्तै रूपन्देही, बुटवल उपमहानगरपालिका-२ मणिमुकुन्द टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ फुलवारी बस्ने २६ वर्षीय अमृत महरा समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट जितगढी किल्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.