जन सरोकार
स्वीस दूताबासले खोल्यो मुख- कमिशन र बैठकबारे कुनै जानकारी छैन
काठमाडौंस्थित स्वीस दूताबासले सेक्युरिटी प्रेस खरीदका सम्बन्धमा दूताबासको कुनै चासो र सरोकार नभएको भन्दै निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रेसका नेपाली एजेण्टबीच भएको कुराकानी जस्तै दूताबासमा कुनै बैठकको आयोजना नभएको र हुने तय समेत नभएको बताएको छ ।
बिहिबार एक विज्ञप्ति जारी गरी दूताबासले अडियोमा भनिए जस्तै र समाचारहरुमा आए जस्तै न उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविष्यमा कुनै छलफल नतोकिएको र यसमा कुनै संलग्नता नभएको स्पष्ट परेको छ ।
निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको भनिएको छ । अडियोमा दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत खण्डन गरेको हो ।