राजनीति

निर्वाचन नगराउन महाअभियोग प्रस्ताव दर्ता गरियो

नेकपा(एमाले)का महासचिव शङ्कर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाउनुभएको छ ।

शनिबार एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही आउनुभएका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको आशङ्का गर्नुभयो ।

एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको समयमा एमालेको दबाबमा वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोख्रेलले मधेशमा कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा (एमाले)ले गरेको दाबी गर्नुभयो । उहाँले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश नं २ अहिलेको मधेस प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा मधेस प्रदेशमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.