राजनीति

लहैलहैका भरमा बिरोध प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे नबुझी लहैलहैका भरमा विरोधमा नउत्रन आग्रह गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताउनुभयो ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसीसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भन्नुभयो ।

“एमस॥सीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।”

उहाँले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । उहाँले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभयो ।

“बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो । प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?”

उहाँले देशको समृद्धि र विकास लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि जीवनभर सङ्घर्ष गर्नुभएका सिके प्रसाईंले पञ्चायती शासनमा लामो समय निर्वाशनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा पर्नुभएको थियो ।

समाजवादी विचारकको रूपमा रहनुभएका सिकेले आफ्नो जीवनकालमा लेख्नुभएका विचारलाई समेटेर ‘आजको सरल राजनीति र सिकेका विचार’ नामक कृति प्रकाशन भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.