कोशीप्रदेश

प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सोमबार आयोजित ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा उहाँले प्रजातन्त्र प्राप्तिका कारण जनताले आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको क्रान्तिबाट निर्माण भएको चर्चा गर्दै शासन व्यवस्थाले सहिदको मार्गदर्शन, जनताको आवश्यकता र आकांक्षालाई मूर्त रुप दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीय गणतन्त्र विश्वको उत्कृष्ट व्यवस्था भएको चर्चा गर्दै यसको सफल कार्यान्वयन गर्न जनताप्रति उत्तरदायी हुनु जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको हो भन्ने अनुभूति गराउन गरिब छात्रछात्राका लागि निःशुल्क छात्रवृत्तिको कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रजातन्त्रलाई दिगो एवं सफल बनाउन दल तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.