क्रिकेटखेल

नेपालको टी-२० विश्वकप तयारी भारतीय टीमसंग फ्रेन्डसीप कप खेल्ने

सन् २०२४ को आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपालको तयारीलाई भारतले सघाउने निश्चित भएको छ । यसै क्रममा नेपाली राष्ट्रिय टोलीले भारतको क्षेत्रीय टीमसँग टी २० फ्रेन्डसीप कप खेल्ने तालिका नै सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्षेत्रीय टिम गुजरात र बरोडासंग चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले चैत १८ गते गुजरातसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल चैत २० गते नेपाल र बरोडा, २१ गते नेपाल र गुजरात र २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ। समूहको पहिलो र दोस्रो टिमले चैत २५ फाइनल खेल्नेछ। उक्त खेलहरू गुजरातको भापी रंगशालामा आयोजना हुनेछ।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला क्यानले भारतीय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो।

सोही प्रस्तावअनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले क्षेत्रीय टोलीसँग नेपालको प्रतिस्पर्धाका लागि राजी भएको बताइएको छ।

त्यस्तै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बीसीसीईलाई नेपाली क्रिकेटलाई सघाउन स्पष्ट कार्ययोजनासहित लिखित प्रस्ताव बुझाएको र त्यसमा उनीहरु सकारात्मक रहेको बताउनुभएको थियो ।

बीसीसीआईले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतमा अभ्यास तथा तालिम र खेल सामग्रीहरुको उपलब्ध गराउने आश्वासन भने दिइुकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.