क्रिकेटखेल

क्यानडा-११ संगको दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौंको मुलपानीस्थित क्रिकेट रंगशलामा भैरहेको नेपाल ‘ए’ र क्यानडा-११ बीचको तीन एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

क्यानडाले दिएको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले आठ विकेटको क्षतिमा पूरा गर्दै टोली गठन भएको दोस्रो खेलमै विजयी भएको हो । यसअघि नेपाल ए क्यानडासंग पराजित भएको थियो ।

नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा ११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिए । त्यसै गरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.