जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-११ संगमटोल बस्ने सीता घिमिरेको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै बारा, निजगढ नगरपालिका-५ खोल्मा टोल बस्ने ४७ वर्षीय गोम्बा बहादुर आले मगरको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै मकवानपुर, हेटौडा उपमहानगरपालिका-१८ दोबानचौर बस्ने ५७ वर्षीय भुबनेश्वर संजेलको गोठमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उता दोलखा, तामाकोशी गाउँपालिका-७ पयौकोटी बस्ने ढाल बहादुर ढुङगेलको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यता सर्लाही, बागमती नगरपालिका-३ जिरायतस्थित सडकमा ना.६ त ५०८० नम्बरको ट्याक्टरमा उखुको पात लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त पातले बिजुलीको तारमा छोएर सोमबार दिउँसो आगलागी हुँदा ट्याक्टरको ट्रली पूर्णरूपमा जलेर करिब ३ लाख ६५ हजार बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ एकता टोल डेरा गरी बस्ने रोल्पा रून्टिगढी गाउँपालिका-२ घर भएका २८ वर्षीय संचार परियारको लु।३३ प ५४३२ नम्बरको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा ईन्जिनको भाग पूर्णरूपमा जलेर नष्ट भएको छ । डेरा घर अगाडि पार्किङ गरी राखेको अवस्थामा आगलागी भएको बुझिएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.