जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही, सल्यान र मकवानपुरमा भएको  छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सर्लाही, कौडेना गाउँपालिका-२ फुलपरासीस्थित सडकमा ज.७ प १४३० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक गोडैता नगरपालिका-७ जानकी टोल बस्ने ३२ वर्षीय राकेश राउतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सल्यान, छत्रेश्वरी गाउँपालिका-१ मैनेस्थित सडकमा ग.३ च ३३१२ नम्बरको जिप अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक तनहुँ आँबुखैरेनी बस्ने ३५ वर्षीय अर्जुन विकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडकमा बा.प्र ०३-००५ प ३८८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने ४५ वर्षीय राम कुमार खतिवडाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.