जन सरोकार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ५ ग्रामसहित मकवानपुर हेटौडा उपमहानगरपालिका-१८ हरमाडी बस्ने २९ वर्षीय भिम बहादुर घलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ६०४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका-६ दमौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन भन्ने धन बहादुर कठायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-७ देउडाकलास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-९ माछागढ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले साइकलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न अन्य ४ जनालाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्रामसहित भारत घर भएका २१ वर्षीय मो.सल्मानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता झापा, अर्जुनधारा नगरपालिका-११ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीया शोभा श्रेष्ठ समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले श्रेष्ठको घरको तलासी गर्दा उक्त पदार्थ, मोबाइल ११ थान, नगद ३७ हजार रूपैयाँ, घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थानसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यता रूपन्देही, कोटहिमाई गाउँपालिका-२ खडैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने बलिराम बढई र मायादेवी गाउँपालिका-३ बस्ने राम शरण चमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी पोष्ट रम्बापुरबाट खटिएको प्रहरीले लु.५ प ३५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.