आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
केही दिनयता तातो बढ्दै गएको देशमा पुनः पश्चिमी न्यून चापीय वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।