जापानमा ओलीपक्षीय प्रवासी नेपाली एकता मञ्चको क्षेत्रीय भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासी नेपालीहरुको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च (च्युवु) नागोयाको क्षेत्रीय भेला शनिवार सम्पन्न भएको छ । नेकपा विभाजनपछि प्रवासमा पनि त्यसको प्रभाव परिरहेको अवस्थामा ओली पक्षीय भेला आयोजना गरिएको हो ।
प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रीय सदस्य मिलन घिमिरेको अध्यक्षता एवं प्रवासी नेपाली एकता मञ्च जापानका सचिव डा सरोज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेला संचालन प्रवासी नेपाली एकता मञ्च जापानका केन्द्रीय सदस्य रामकुमार थापाले र स्वागत मन्तव्य केन्द्रीय सदस्य महेश खड्काले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा कँडेलले देशको समसामुहिक अवस्था तथा जापानमा रहेका नेपाली समुदायको दायित्व विषयमा चर्चा गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली मञ्च जापानका केन्द्रीय सदस्य विनोदकुमार सापकोटा, व्यवसायी राजकुमार अधिकारी ,किरण तिवारी, जीवन घिमिरे, रिभाष ओस्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए।
भेलाले निकट भविष्यमा अधिवेशन गर्नका लागि तदर्थ समिति समेत गठन गरेको छ । १५ सदस्यीय समितिको अध्यक्षमा सुवाश रुपाखेती र सचिवमा कुमार अधिकारी चयन भएका छन् ।
त्यसै गरी सदस्यहरुमा सिपी जमर्कट्टेल, कमल खड्का, रविन सापकोटा, रोहन घलान, आशिष अधिकारी, नारायण कँडेल, अमित गिरी, शुशिल पौडेल, प्रदीप रायमाझी, कबिन श्रेष्ठ, ईन्दु लामिछाने, नबिन रिमाल र शुनिल श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्