क्रिकेटखेल

क्यानडामाथि नेपालको सानदार जित, समूह विजेता बन्दै सेमिफाइनलमा

ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्यानडाले दिएको ८१ रनको विजयी लक्ष्य १४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अवीजित पारी खृल्दै सेमिफाइनलको यात्रा निश्चित गरेको हो ।

सुरुवाती ब्याट्सयान कुशल मल्ललाई शून्यमा र आशिफ सेखलाई १७ रनमा गुमाएको नेपालको पारी भुर्तेल र ऐरीले सम्हालेका थिए ।

यसअघि टस हारेर फिल्डिङ गरेको नेपालले क्यानडालाई ८० रनमै समेटेको थियो । क्यानडालाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीले लामिछानेले ३ विकेट लिए भने कमल ऐरी र अविनाश बोहराले २, २ तथा कुशल मल्लले एक विकेट लिए । क्यानडाका दुई ब्याटस्म्यान रनआउट भए ।

अब नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्ने छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।

क्यानडा समूह बी बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।

दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समयअनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुनेछ । फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.