जापान

जापानमा बेमौसमी तापक्रम बढ्यो, सतर्क रहन आग्रह

उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासी बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासी बढेको मौसम निकायले जनाएको छ । होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ ।

सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । यसैबीच उत्तरी जापानको अकिता शहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा शहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ।

मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ । मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । एक्कासी तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.